राप्ती, श्रावण १४ । जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको अध्यक्षमा धर्मराज कँडेल पुन: चयन भएका छन् । शनिबार भएको आठौँ अधिवेशनबाट कँडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै संस्थाको उपाध्यक्षमा फणीन्द्र प्रसाद सेढाई, सचिवमा तुलसी देवी कुँवर, सह सचिवमा कुल बहादुर श्रेष्ठ, कोषाध्यक्षमा तुलसी कुमारी कुवँर निर्विरोध निर्वाचित भएका हुन् । सञ्चालक समितिको सदस्यहरुमा सुष्मा राई, सम्झना अधिकारी, चुडामणी बस्नेत, शारदा श्रेष्ठ चौधरी, विनोद धरेल, भुवन प्रसाद धरेल, दीपक रुवाली, चिन्तामणी दाहाल, नारायण महतो र लेखा संयोजकमा प्रदीप कुमार पाठक निर्विरोध निर्वाचित भएका निर्वाचन उपसमिति संयोजक डिल्ली प्रसाद थपलियाले बताए।

विभिन्न पदमा धेरै जनाको उम्मेदवारी परेपछि समिति चयनमा सकस परेको थियो । चुनाव गर्नुपर्दा खर्चिलो तथा झन्झटिलो हुने कारणले सर्वसम्मतकै लागि निर्वाचन उपसमिति संयोजक थपलिया अगाडि बढेका थिए । फलस्वरूप धेरै समयपछि संस्थाको अधिवेशनले पूर्णता पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार