राप्ती,श्रावण १६ । राप्ती नगरपालिकामा पहिलो पटक राष्ट्रिय भुमि आयोगको समन्वयमा दलित तथा भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास रहेको ठाउमा जग्गा नापी एवं नक्साङ्कन शुभारम्भ भएको छ । राप्ती नगरपालिका वडा नम्बर ११ बाट नापी प्रक्रिया सुरु भएको हो । आज एक कार्यक्रमका बिच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनाल ,राष्ट्रिय भुमी आयोग चितवनका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता बद्री तिमिल्सिना ,राप्ती नगर प्रमुख शमशेर लामा,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति किरण भूषण ओलि लगायतको उपस्तिथिमा नापी प्रक्रिया अगाडि बढाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार