राप्ती । राप्ती-५ मा अवस्थित जनजागृत सहकारीमा नव निर्वाचित भएका समितिहरुको सपथ तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार संस्थाको कार्यसमितिमा निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुलाई निर्वाचन उपसमितिका संयोजक डिल्ली प्रसाद थपलियाले सपथ ग्रहण गराउनु भएको हो ।

राप्ती नगर प्रमुख शमशेर लामाको प्रमुख अतिथि रहनुभएको कार्यक्रमको उप प्रमुख देवेन्द्र लामा, राप्ती-५ का वडा अध्यक्ष सिताराम बल, पशुपन्छी शाखा प्रमुख शैलेन्द्र भण्डारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संस्थाका पूर्व पदाधिकारीहरु लगायत सुरक्षाकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उपस्थित अतिथिहरुले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर उप प्रमुख देवेन्द्र लामाले स्थानीय सरकार किसानसँगै मिलेर अगाडि बढ्न चाहको बताउनुभयो । त्यस्तै नगर प्रमुख शमशेर लामाले संस्थाको निर्वाचनले नयाँ सन्देश दिएको बताउनुभयो । सर्वसम्मत अगाडि बढ्दा संस्थालाई काम गर्न सहज हुने पनि उहाँले बताउनुभएको छ । निर्वाचन उपसमिति संयोजक डिल्ली प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपसमित सदस्य आर के पण्डितले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार