
राप्ती । चितवनको राप्ती नगरपलिका वडा नम्बर २ मा भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाइ जग्गाको निस्सा वितरण गरिएको छ । वडा भित्र रहेका भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी जनतालाइ लक्षित गर्दै निस्सा वितरण गरिएको वडा अध्यक्ष श्याम सुन्दर उप्रेतीले बताउनु भएको छ ।
कार्यक्रममा निवर्तमान नगर उपप्रमुख इमान सिंह लामाले आफ्नो भनाई राख्दै नगरले आगामी दशै अघिनै वडा बासीलाइ लालपुर्जा व्यवस्था गर्न जोड दिनु भएको छ । राजनैतिक परिवर्तनका कारण काम गर्न ढिलो भएको पनि उहाँले बताउनुभएको छ ।
कार्यक्रममा स्थानिय सामाजिक व्यक्तित्व, राजनैतिक ब्याक्तित्व, संघसंस्थाका प्रतिनिधि लगाएत स्थानियको उपस्थिति रहेको थियो ।