
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ०५ को कार्यालयमा आज एक चौध महिने बच्चा सहित १३ बर्षिय विवाहित महिला बेवारिसे अवस्थामा फेला परेकी छिन्। दिल माया प्रजा नाम बताउने उक्त महिला आफ्नो घर माडी बताउँछिन्। त्यस्तैगरि छोराको नाम सफल र श्रीमानको नाम धिरज प्रजा बताउने उनी साँझको समयमा राप्ती नगरपालिकाको वडा नम्बर ०५ को वडा भवनमा फेला परेकी हुन्।
मानसिक सन्तुलन ठीक नभएको उनीलाई आफ्नो बारेमा पनि राम्ररी जानकारी नभएको राप्ती नगरपालिका कार्यपालिका सदस्य दिल कुमारी थिङ्ग बताउछिन्।
हाम्रो राप्ती एफ.एम, सजिलोपाटी डट कम तथा स्थानियको पहलमा उनीलाई जनप्रतिनिधि र प्रहरीको जिम्मा लगाइएको छ।