चितवन । राप्ती-२ मा रहेको समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आज भएको स्वास्थ्य शिविरमा ४५२ जनाले स्वास्थ्य परिक्षण गराएको संस्थाका ब्यबस्थापक दिपक कंडेलले जानकारी दिनुभयो । शिविरमा सुगर, प्रेसर, महिला रोग, छाला रोग, मुटु रोग तथा अन्य रोगहरुको विशेष परिक्षण गराईएको थियो ।

उपस्थित बिरामिले प्रत्यक्ष रुपमा लाभ लिएको संस्थाको विश्वास रहेको छ । कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यतामा रहेको थियो । उपप्रमुख देबेन्द्र लामा, वडा-२ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेती, विभिन्न राजनैतिक ब्यक्तित्व, सामाजसेवी लगायतको उपस्थिति रहेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको सभाध्यक्षता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार