लियो क्लव अफ चितवन बिरेन्द्रनगरले लियो बुझौँ र समाजमा लियो बुझाउ भन्ने‌‌ मुल उद्देश्यका साथ तालिम सम्पन्न गरेको छ । शनिबार जन आदर्श बहुमुखी क्याम्पसको हलमा तालिम सञ्चालन गरिएको थियो । क्लबकी अध्यक्ष संगीता अर्याल अध्यक्षतामा तथा उमाकान्त कंडेल‌को संयोजकत्वमा तालिम सम्पन्न भएको थियो । लायन्स क्लब अफ चितवन बिरेन्द्रनगरका पुर्व अध्यक्ष तथा ला. जिल्ला परिषद का जोन चियरपर्सन बिष्णुहरी कंडेल प्रमुख अतिथिमा र प्रमुख प्रशिक्षकमा लियो जिल्ला परिषद ३२५ बि २ पुर्व जिल्ला अध्यक्ष अमित गुप्ता रौनियार रहनु भएको थियो। अतिथिहरुमा क्रमश लायन्स क्लब अफ चितवन बिरेन्द्रनगरका अध्यक्ष हरिशरण डल्लाकोटी, प्रथम उपाध्यक्ष विन्दु सिन्जालि मगर र लियो जिल्ला परिषद ३२५ आरका पधाधिकारीहरु विज्ञान पौडेल, संजिब सुबेदी, प्रकाश कालाखेती, विनय खड्का, नितिन बस्नेत, महेन्द्र खराल , निरज कंडेल र समकालीन अध्यक्षहरुमा बिमल महत्व, सुजन सिलवाल र विशाल सारु मगर रहनुभएको थियो । आजको यस कार्यक्रम युवा जीवनमा जो म समाज सेवा गर्छु र सिक्छु भन्ने हरुका लागि एकदमै उपयोगी रहेको कुरा अन्जना सिलवालले बताएकी छन् । लियो अभिमुखीकरण तालिममा ५० भन्दा बढी प्रशिक्षार्थीहरले प्रशिक्षण लिएका थिए। समग्रमा कार्यक्रम भव्यता‌का साथ सम्पन्न भएको यसै क्लवका जनसम्पर्क अधिकारी लियो सुरज शर्माले जानकारी‌ दिनु‌‌भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार