देवघाट, कार्तिक २६-
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको देवघाट जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरीएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा आज (बुधबार) देवघाट जेष्ठ नागरिक आश्रमका ३८ जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षणसंगै औंषधी वितरण समेत गरिएको हो।

निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले सो कार्यक्रमका संयोजक डा. प्रमोद मण्डललाई पि.पि.ई. सेट प्रदान गर्दै कार्यक्रमको उद् घाटन गर्नुभएको थियो ।
निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा बोल्दै देवघाट गाउपालिकाका अध्यक्ष थापाले देवघाट जेष्ठ नागरिक आश्रमका ३८ जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण संगै औंषधी वितरण गरि जेष्ठ बुवा आमाहरुको मन खुशी पार्नु नै सबै भन्दा ठुलो पुण्य प्राप्ति मिल्ने बताउनुभयो।

उक्त कार्यक्रममा संयोजक डा. प्रमोद मण्डल, व.क.नि. केशवराज न्यौपाने, वैद्य नि. सोमकान्त पौडेल र वैद्य नि. भोजहरि रानाभाट लगाएतको समूहले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण संगै जेष्ठ नागरिकहरुलाई औंषधी वितरण समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार