चितवन । राप्ती नगरपालिका वडा नं. ३ मा जग्गाको निस्सा वितरण कार्य भएको छ । वडा भित्र रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यबस्थित बसोबासी जनताका लागि जग्गा नापी निस्सा वितरण गरिएको हो ।

आज एक औपचारिक कार्यक्रमका विच राप्ती ३ नंंम्बर वडाले जग्गा नापी निस्सा वितरण गरेको वडाका वडा अध्यक्ष शिव कान्त ओलीले बताउनुभयो । कार्यक्रममा उहाँले के.पी. ओलीको सरकार देखि सुरु भएको यो कार्य म शिव कान्त ओलीले आफ्नो वडामा रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यबस्थित बसोबासीलाई जग्गाको निस्सा मात्र नभई जग्गाको रातो लालपुर्जा समेत प्राप्त गराउन आफु लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व कृषि मन्त्री दावा दोर्जे लामा, विशिष्ट अथितिमा राप्ती नगर प्रमुख शमशेर लामा, उपप्रमुख देबेन्द्र लामा, राप्ती २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेती लगायत स्थानिय राजनैतिक ब्यक्तित्व, समाजसेवीको आतिथ्यता रहेको हो ।

कार्यक्रममा औपचारिक रुपमा प्रमुख अतिथि लामाले उपस्थित केहिलाई जग्गा नापी निस्सा प्रदान गर्नुभएको थियो । निस्सा प्राप्त गर्ने वडाबासीले जग्गा नापी भई रातो लालपुर्जा पाउने भन्दै खुशि ब्यक्त गरेका थिए ।

वडा अध्यक्ष ओलीले निस्सा वितरण कार्य निरन्तर रहने र वडाका सबै लक्षित वडाबासीहरुले आफ्नो पाएक समयमा वडामा आई जग्गा निस्सा लिन सकिने जानकारी दिनुभयो ।

कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य दिनेश प्रजाले गर्नुभएको थियो भने संचालन उद्दव रुवाली गनुएभएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार