चितवनको राप्ती नगरपालिका वडा नं ८ ले भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवास गर्नेहरुको लागी जग्गाको निस्सा वितरण गरेको छ । मंगलवार रातमाटे फनपार्कमा जग्गाको निस्सा वितरण गरिएको हो ।

मंगलबार भूमिहीन सुकुमबासी र भूमिहीन दलितलाई मात्र निस्सा वितरण गरिएको राप्ती-८ का वडा अध्यक्ष पूर्ण आचार्यले बताउनुभयो । बाँकी भएका अव्यवस्थित बसोबासीहरुलाई वडाबाटै निस्सा वितरण गरिने पनि उहाँले बताउनुभएको छ ।

राप्ती ८ मा लालपुर्जाका लागि २०९ जनाले फाराम भरेका छन् । जसमध्ये अव्यवस्थित बसोबासी १०४ घरधुरी, भूमिहीन सुकुमबासी ८० घरधुरी र भूमिहीन दलित २५ घरधुरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार