पर्सा खैरहनी जेसीजले मुसहर बस्तीका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको छ। साउन २६ गतेका दिन आफ्नो स्थापना दिवसको अवसर पारेर खैरहनी नगरपालिका वडा नं १० अवस्थित मुसहर वस्तीका सामुदायिक विद्यालयमा अध्ययनरत बाबुनानीहरुलाई विद्यालय पोसाक वितरण गरेको हो । सन् २००० मा स्थापना भई नेतृत्व विकास, भातृत्व विकास र व्यक्तित्व विकासको लागी जेसीजको मुख्य चार सेक्टर मध्ये कम्युनिटि सेक्टरमा आधारित रहेर सो कार्यक्रमको आयोजना गरिएको बारे पर्सा  खैरहनी जेसीजका अध्यक्ष  जेसी प्रकाश उप्रेतीले जानकारी दिए।

पर्सा खैरहनी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी प्रकाश उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा पर्सा खैरहनी जेसीजका संस्थापक अध्यक्ष जेसी केशवराज पाठक रहनुभएको थियो भने विशिष्ट अतिथिमा खैरहनी नगरपालिका वडा नं १० का नवनिर्वाचित वडा अध्यक्ष श्री चन्द्र विक्रम चौधरी, अतिथिमा पर्सा खैरहनी जेसीजका पूर्व अध्यक्ष बलराम भट्टराई, जुनियर जेसीजका अध्यक्ष जु.जेसी सेलिशा आचार्य , नवनिर्वाचित वडा सदस्यहरु मिरा चौधरी,नवराज पाठक,ग्यान्ती पासवान, सुरेन्द्र चौधरी लगायत समाजसेवी तथा महिला अधिकारकर्मी शोभा ढकाल पाठक र गिता सेढाई रहनुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक राजिब पाठकले राखेका थिए भने कार्यक्रम सफलताको शुभकामना मन्तव्य भने गिता सेढाईले राख्नु भएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएका संस्थापक अध्यक्ष केशवराज पाठकले प्रमुख अतिथिको मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम सभापति प्रकाश उप्रेतीले अध्यक्ष मन्तव्य राख्नुभएको थियो भने जुनियर जेसीजकी अध्यक्षले सभा समापनको मन्तव्य राखेका थिए। सो कार्यक्रमबाट ३५ जना विद्यार्थी भाइबहिनीहरुलाई विद्यालय पोसाक वितरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार