लियो क्लब अफ चितवन बीरेन्द्रनगरले लियो एमसी ट्रेनिङ एण्ड वर्कशप कार्यक्रम सम्पन्न गरेको छ । सुनेर भन्दा बढी अभ्यासले सिकाउछ भन्ने‌‌ मुल उद्देश्यका साथ साउन २८ गते कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल जेसीजका पुर्व उपाध्यक्ष पारस रिमाल प्रशिक्षण दिनु भएको हो ।

कार्यक्रमले निर्धक्क भएर बोल्न आत्मविश्वास दिलाएको प्रशिक्षार्थी प्रकोप सापकोटाले बताए । त्यस्तै सिकाइ फलदायी भएको र आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम आयोजना गरिनुपर्ने अर्का प्रशिक्षार्थी सुप्रिया न्यौपानेले बताएकी छन् ।

कार्यक्रमको प्रमुख अतिथिमा लियो जिल्ला परिषद ३२५ आर का  जिल्ला अध्यक्ष पुरुषोत्तम सुवेदी रहनुभएको थियो । यस्तै अतिथिहरुमा लायन्स क्लब अफ चितवन बिरेन्द्रनगर पुर्व अध्यक्ष तथा जन आदर्श बहुमुखी क्याम्पसका प्रमुख खिमानन्द अर्याल, लियो जिल्ला परिषद ३२५ आरका पदाधिकारीहरु किरण लामिछाने, प्रदिप सापकोटा, संजिब सुबेदी, विनय खड्का, दिपेश ज्ञावाली , निरज कंडेल र एन्जिला चापागाईं  रहनुभएको थियो । कार्यक्रममा क्लबका ३० भन्दा बढी प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका थिए ।

राप्ती-७ स्थित जन आदर्श बहुमुखी क्याम्पसको सभाहलमा लियो क्लब अफ चितवन बीरेन्द्रनगरकी अध्यक्ष संगीता अर्यालको अध्यक्षतामा र अनिसा तिमल्सिनाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार