सुरदेवी युवा क्लब राप्ती -२ ले आयोजना गरेको खुल्ला नकआउट फुटबल प्रतियोगितामा श्रावण २९ गते दुई खेल भएका छन् ।

आज भएको पहिलो खेलमा जुटपानी फुटबल क्लब र सक्षम युवा क्लब हेटौंडा बिच प्रतिस्पर्धा भएको हो । उक्त खेलमा १:० गोल अन्तरले जुटपानी फुटबल क्लब बिजयी भएको छ ।

त्यस्तै आजै भएको दोस्रो खेलमा हरियाली सौराह चितवन २:० गोल अन्तरले चुरियामाई युवा क्लब माथी बिजयी भएको हो ।

भोलि श्रावण ३० गते सोमबार पहिलो खेलमा चौगडा फुटबल क्लब र बिरेन्द्रनगर-११ बिच अपरान्ह दुई बजे खेल हुनेछ भने दोस्रो खेल अपरान्ह ४ बजे न्यु कम्बाइन, हेटौडा र झवानी युवा क्लब बिच प्रतिस्पर्धा हुने क्लबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार