राप्ती, साउन ३० । राप्ती-५ स्थित भण्डारा बजारमा रहेको बद्रीनाथ मन्दिरमा शिव भगवानको मुर्ती स्थापना गरिएको छ । भण्डारा युवा समाज र भण्डारा बजार टोल बिकास संस्थाको पहलमा मुर्ती स्थापना गरिएको हो । साथै सोमबार बिहानै मुर्तीमा प्राण प्रतिष्ठा पनि गरिएको छ ।

राप्ती नगर प्रमुख शमशेर लामाले शिव भगवानको मुर्तिको अनावरण गर्नुभएको हो । मन्दिरलाई रेवा इन्टरनेशनल एकाडेमीका प्रबन्धक निर्देशक गोकर्ण अर्यालले मुर्ती उपलब्ध गराउनु भएको हो । कार्यक्रममा राप्ती ५ का वडा अध्यक्ष सिताराम तामाङ , राप्ती ६ का वडा अध्यक्ष जल्लु महतो थारु लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

भण्डारा युवा समाज र भण्डारा टोल विकास संस्थाको पहलमा मन्दिरको व्यवस्थापन गरिएको छ । वि.सं. २०६० सालमा स्थापना भएको मन्दिर उचित व्यवस्थापन नपाउँदा जीर्णोद्वारको अवस्थामा पुगेको थियो । राप्ती-६ निवासी गंगा प्रसाद चौलागाईंले आफ्नो मातापिताको स्मृतिमा मन्दिर निर्माण गर्नुभएको थियो । अहिले टोल विकास संस्था र युवा समाजको विशेष सक्रियताले मन्दिरले रुप फेरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार