
चितवन । चितवन जिल्ला भित्र सञ्चालनमा आएका सार्वजनिक सवारीसाधनमा अब अनिवार्यरुपमा डस्टबिन राख्नुपर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको समन्वयमा सोमबार बसेको बैठकले जिल्ला भित्र रहेका सबै किसिमका सार्वजनिक सवारीसाधनमा डस्टबिन राख्नुपर्ने निर्णय गरेको हो ।
सात दिनभित्र लागू हुने गरी साना–ठूला सवारीसाधनमा डस्टबिन राख्ने सहमति भएको हो। यातायात प्रयोग गर्ने यात्रुहरुले फोहोर राख्ने ठाउँमा राख्ने तथा चालक तथा सहचालकहरुले पनि फोहोर डस्टबिनमा नै राख्न सबै यात्रुहरुलाई अनुरोध गर्ने गरी योजना तय भएको छ। साथै यो कार्यको पालना भएको वा नभएको अनुगमनका लागि जिल्ला ट्राफिक सहित योगदान राष्ट्रका लागिका र यातायात व्यवसायी संगठन प्रतिनिधिको अनुगमन समिती गठन भएको छ ।