राप्ती-४ का वडा अध्यक्ष केदार आचार्यले नगरपालिकामा हुनुपर्ने काम केही नभएको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले नगरपालिकामा सिस्टमको हत्या किन भनी प्रश्न गरेका छन् । विकासका योजनाका दर भाउहरु जिल्ला पठाएर विकास निर्माणका कार्य सुरु गर्नुपर्नेमा नगरपालिकाले यस्तो कार्य नगरेको आरोप उनले लगाएका छन् ।

उनले नगरपालिकालाई अनिर्णयको बन्दी बनाइएको पनि बताएका छन् । ऐन कानुन अनुसार कार्यपालिका बैठक नबोलाइएको उनले स्टाटसमा लेखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्:
“विकासका योजनाका दर भाउहरु जिल्ला पठाएर विकास निर्माणकार्य सुरु गर्नुपर्ने, वडाको विकास निर्माणका बजेटका सिलिङ वडा वडामा पठाइ सक्नुपर्ने, तीन महिनामा वडाले गर्नुपर्ने सार्वजनिक सुनवाइ हुन सकेन, कर्मचारी हेरफेर गर्नुपर्ने हुन सकेन , नगरपालिका भित्रका कर्मचारी काम बिहिन जस्तै भएका छन हाजिरी गर्ने ५ बजाउने अनि घरजाने अवस्था सृजना भएको छ, त्यस माथि आफ्नो मनोमानी ढंगले ३ जना कार्यलय सहयोगी थप्नु, अन्य थुप्रै कामहरु अलपत्र भएको छ, सुकुम्बासीलाई लालपुर्जा व्यवस्थापनको लागि जग्गा नाप्ने अमिन र सर्वेभयर छैन किन ? नगरपालिकालाई अनिर्णयको बन्दी किन ? ऐन कानुनमा कार्यपालिका बैठक कम्तीमा १ महिनामा बैठक बस्नुपर्ने व्यबस्था रहेको छ आज सम्म कार्यपालिकाको बैठक किन नबोलाइएको ? सिस्टमको हत्या किन ? नगरपालिकामा अराजक झुन्डहरुको अड्डा किन बनाइयो ? सबै कर्मचारी त्रसित अवस्थामा किन पुर्याइयो ? नगरबासी जनताको भविष्य माथि खेलबाड किन ? नेपाल सरकारको निर्णयले सरुवा भई अाउनु भएका नया प्रमुख प्रशासकीय अधिकृतलाई किन काम गर्न दिइएन ? ढुंगा,गिट्टी बालुवा चोरी निकासी गरी खोला दोहन गर्ने र लुटपाट चोरीको आरोपमा पटकपटक पक्राउ परि जेल बसेको झुन्डहरु प्रमुख सल्लाहकार रे ?
जागौँ नगरबासी जागौं यस्ता झुण्डहरुबाट नगरपालिकालाई उन्मुक्ति दिलाउ नगरपालिकाको मुहार फेरौ जागौँ नागबासी जागौँ अब ढिला नगरौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार