भदौ १, राप्ती । राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कार्यभार ग्रहण गरेका छन् । साउन २६ गतेबाट हाजिर गरेका लम्सालले बुधबारबाट औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् ।

उनलाई राप्ती नगर प्रमुख शमशेर लामाले स्वागत गरेका छन् । स्वागत कार्यक्रममा बोल्दै लम्सालले मुख्यगरि आफूले तीनवटा कामलाई महत्वका साथ अगाडि बढाउने बताएका छन् । उनले नीति निर्माणको कार्यलाई प्राथमिकता राख्ने बताएका छन् । नीति निर्माण संसोधन, नबनेको नीति निर्माणलाई अगाडि बढाउने पनि उनले बताएका छन् ।

उनले नगरले प्रदान गर्ने सेवा प्रवाहको गुणस्तरमा अभिवृद्धि गर्ने बताएका छन् । जनचाँसोका कामहरुलाई चुस्त रुपमा अगाडि बढाउने लम्सालले बताए । सेवाग्राहीलाई कम भन्दा समयमा सेवा प्रदान गर्ने उनले बताएका छन् । “सेवा लिन उपस्थित हुनुभएको सेवाग्राहीहरुको प्रकियालाई छोट्याउने छु । धेरै समय लाग्ने कामहरुलाई छिटो र छरितो माध्यमबाट प्रवाह गर्नुमा मेरो जोड रहनेछ ।” उनले भने ।

त्यस्तै विकासको व्यवस्थापन गर्ने उनले बताएका छन् । “अर्को प्राथमिकतामा योजनाको तर्जुमा, कार्यान्वयन तथा व्यवस्थापन रहेको छ ।” उनले भने “गौरवको आयोजना पहिचान गर्ने र बहु बर्षीय आयोजनाहरु पहिचान तथा मुल्यांकन गर्ने काम गरिन्छ ।”

समुहमा मिलेर अगाडि बढे राप्तीमा विकास निर्माण तथा सुशासनलाई व्यवस्थित गर्न सकिने पनि लम्सालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार