भरतपुर । सेवाग्राहीको धेरै भीड लाग्ने सरकारी कार्यालयमध्ये पर्छ, यातायात व्यवस्था सेवा कार्यालय । तर, यही कार्यालय वर्षाैंदेखि भाडाको साँघुरो घरमा सञ्चालन हुँदै आउँदा सेवाग्राहीलाई सेवा लिन समस्या हुँदै आएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको अधिकारसमेत पाएको चितवनको यातायात व्यवस्था सेवा कार्यालय पहिलोपटक सरकारी भवनमा सर्ने भएको छ ।

आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने विषय भने अझै पनि अनिश्चित छ । जिल्ला समन्वय समिति चितवनको स्वामित्वको जग्गामा बनेको तत्कालीन गंगाराम कलेजको भवनलाई मर्मत गरेर यातायात कार्यालय सञ्चालन गर्न लागिएको हो ।

यातायात कार्यालय सञ्चालन गर्न जिससले कलेज र कलेजले चर्चेको करिब चार कट्ठा जग्गा तीन वर्षका लागि दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार