
काठमाडौं । तीज नजिकिँदै गर्दा नेपाली बजारमा सुनको मूल्य दैनिक घट्न थालेको छ। तीन दिनदेखि लगातार घटेको सुनको मूल्य आज साताको पाँचौ दिन बिहीबार पनि ओरालो लागेको छ।
नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।