रत्ननगर । शुक्रबार बिहान ५ः४५ बजेको समयमा पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं- ९ खगेरी पुलनजिक नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको छ ।
दुर्घटनामा रत्ननगर-९, गणेशचोक निवासी ७५ वर्षीय खड्कबहादुर राना मगर गम्भीर घाइते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा निजको उपचारको क्रममा ६ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापश्चात् स्थानीयले खगेरी पुलमा जम्मा भई पूर्व-पश्चिम राजमार्ग अवरोध गरेका थिए । इलाका प्रहरी कार्यालय, टाँडी र जिल्ला प्रहरी कार्यालयको टोलीले बिहान ८ः५० बजे सडक खुलाई दुवैतर्फ यातायात सुचारु गरेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार तरकारी बोक्ने बोलेरो गाडीले ठक्कर दिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार