राप्ती, भदौ ६ । रोटरी क्लब अफ पूर्वी चितवनद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लबले राप्ती-४ स्थित कुम्भेश्वर मन्दिर परिसरमा वृक्षारोपण गरेको हो ।

मन्दिर परिसरमा ५० वटा भन्दा बढी चिउरीको बिरुवा रोपिएको क्लबका अध्यक्ष प्रमात सेढाईले बताए । वातावरण संरक्षण गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको पनि उनले बताएका छन् ।

मन्दिरका अध्यक्ष भगवान आचार्यले मन्दिरको लागि अन्य कामहरु पनि गर्न बाँकी भएको बताए । उनले मन्दिरलाई रक्तचन्दन, धुपी, रुद्राक्षको बिरुवा आवश्यक भएको पनि बताए । आवश्यक भएको सो बिरुवाहरु उपलब्ध गराउने क्लबका अध्यक्ष सेढाईले बताए ।

क्लबका सचिव विनोद नेपालले सञ्चालन गरेका औपचारिक कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष राममणी न्यौपाने लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार