राप्ती, भदौ ६ । राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेललाई बिदाई गरिएको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गरि उनलाई बिदाई गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साउन ११ गते बुधबारको निणर्यबाट सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवसरहका कर्मचारी हेरफेर भएका थिए । यसै क्रममा भुजेलको बागलुङको गलकोट नगरपालिकामा सरुवा भएको थियो ।

राप्ती नगरपालिकामा भरतपुर महानगरबाट सुकदेव लम्सालको सरुवा भएको थियो । गत साउन २६ गतेबाट हाजिरी गरेका लम्सालले भदौ १ गतेबाट औपचारिक रुपमा नगरको कार्यभार सम्हालि सकेका छन् ।

भुजेलले २०७६ चैत बाट २०७९ साउनसम्म नगरपालिकाको कार्यभार सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार