राप्ती, भदौ ६ । राप्ती नगरपालिकाको न्यायिक समितिको कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । साथै पूर्व न्यायिक समितिका पदाधिकारीहरुलाई बिदाई पनि गरिएको छ ।

पूर्व न्यायिक समिति संयोजक तथा पूर्व नगर उप प्रमुख इमानसिंह लामा लगायत सदस्यहरु गोमा धरेल र पूर्ण आचार्यलाई बिदाई गरिएको हो । नगर उप प्रमुख तथा न्यायिक समिति संयोजक देवेन्द्र लामाले आजबाट औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । यस्तै सदस्यहरु रामकुमार सुवेदी र ममिता कुँवरलाई स्वागत पनि गरिएको छ ।

नेपालको संविधान धारा २१७ बमोजिम नगरपालिकामा उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार