काठमाडौं । आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका पार्टीले नेपाल बन्दको आह्वान गरेपछि काठमाडौं उपत्यकासहित देशका ठुला शहरहरुमा सामान्य प्रभाव देखिएको छ । यसैबीच सडक बन्द गराउन हिँडेका एक जना विप्लव समूहका कार्यकर्तालाई स्थानीयले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

सो घटना काभ्रेको बनेपामा भएको हो । भिडियोमा देखिए अनुसार ती युवकलाई स्थानीय र प्रहरीले नीलडाम बस्नेगरी कुटेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार ती कुटाई खाने युवक विप्लव समूहका काभ्रेका जिल्ला सदस्य प्रमोद गिरी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार