इलाका प्रहरी कार्यालय माडीको टोलीले आज नियमित चेकजाँचको क्रममा लागु औषध नाइट्राभेट ट्याबलेट सहित एक युवकलाई पक्राउ गरेको छ।

माडी नगरपालिका ३ रतनी निवासी १९ बर्षीय सुजन शाहलाई १४१ ट्याबलेट नाइट्राभेट सहित माडी नगरपालिका १ बरुवाबाट पक्राउ गरीएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी प्रमुख झलक शर्माले जानकारी दिनुभयो। पक्राउ परेका शाहलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा पठाएको शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार