चितवन, भदौ ९ । राप्ती नगरपालिको भण्डारामा रेवा इन्टरनेशनल एकेडेमी (कन्सलटेन्सी) सञ्चालनमा आएको छ । विगत ६ वर्षदेखी पूर्वी चितवनको पर्सामा मुख्य कार्यालय रहेको एकेडेमीको तेस्रो शाखा भण्डारामा बिस्तार गरिएको छ । एकेडेमीको दोस्रो शाखा भने मकवानपुरको मनहरी बजारमा रहेको छ ।

उक्त एकेडेमीको बिहीवार एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिकाका निवर्तमान उपमेयर इमानसिंह लामाले उद्धघाटन गरेकाछन् ।

उच्च शिक्षा अध्ययनका लागि जापान, अस्ट्रेलिया र रसिया जाने विद्यार्थीहरुको सहजताका लागि आफ्नै क्षेत्र राप्तीको भण्डारामा रेवा इन्टरनेशनल एकेडेमी सञ्चालनमा ल्याएको सञ्चालक गोकर्ण अर्यालले जानकारी दिए । अहिलेसम्म धेरै विद्यार्थी जापान, अस्ट्रेलिया र रसिया गइसकेको उनले बताए ।

उनले भने, ‘यस अघि आयल्स गर्न र परामर्श केन्द्रको अभावमा विद्यार्थीहरु नारायणगढ नै धाउनु पर्ने बाध्यता थियो, अब त्यो बाध्यतालाई अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’

उक्त एकेडेमीमा गुणस्तरमा निकै फरक र भिषा रिजेक्ट नहुने गरि पढाई हुने गरेको सञ्चालक अर्यालले बताए ।

कार्यक्रममा राप्ती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सिताराम बल, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कंडेल, महासचिव परशुराम पाठक, राप्ती जेसिजकी अध्यक्ष विन्दु सिञ्जाली लगाएतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार