राप्ती, भदौ ९ । राप्ती-५ स्थित डाइमण्ड फिटनेस सेन्टरले तीजको अवसर पारेर साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । सेन्टरले भण्डारा बजारमा यही भदौ ११ गते शनिबार कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा राष्ट्रिय लोक गायकहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम व्यवस्थापक ओम तामाङले बताएका छन् । लोकगीत गायिका बबिता बानियाँ, गायक श्याम राना लगायत स्थानीय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति हुने पनि उनले बताएका छन् ।

तीजको शुभकामना आदानप्रदान साथै खुशी बाँड्नको लागि कार्यक्रमको आयोजना गरिएको डायमण्ड फिटनेस सेन्टरका सञ्चालक तथा कार्यक्रम संयोजक हिरा श्रेष्ठले बताए । उनले कार्यक्रममा उपस्थित भई शोभा बढाइदिन सम्पूर्ण नगरवासी अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार