राप्ती । नेपाल बुद्धिजीवी परिषद् राप्ती नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । राप्ती नगरपालिकाको खुरखुरेमा रहेको नन्दनी पार्टी प्यालेसमा सम्पन्न भएको अधिवेशनमा प्रेमनाथ खरेलको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन भएको छ ।

परिषद्को उपाध्यक्षमा राजेन्द्र प्रसाद सिलवाल, सचिवमा सुधिर अर्याल, कोषाध्यक्षमा सन्तोष उप्रेती, सह-सचिवमा मार्सा थापा मगर र बिल बहादुर रुम्बा चयन भएका छन् । चयन भए लगत्तै सपथ ग्रहण पनि गरिएको छ ।

यसभन्दा पहिला इश्वरी प्रसाद पाण्डेको अध्यक्षतामम तदर्थ समिति गठन गरिएको थियो । यो बुद्धिजीवी परिषद्को प्रथम नगर अधिवेशन हो ।

नेकपा एमाले केन्द्रिय सदस्य जगन्नाथ थपलिया प्रमुख अतिथि रहनु भएको कार्यक्रमा नेकपा एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा एमाले बागमती प्रदेश सदस्य इमानसिंह लामा, हरी पौडेल, गोविन्द कँडेल, श्यामलाल विक लगायतका विभिन्न वडाका वडा अध्यक्षहरु तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार