राप्ती, भदौ ११ । राप्ती नगरपालिका-५ स्थित तरकारी मण्डीको प्राङ्गणमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । डायमण्ड फिटनेस सेन्टरको आयोजनामा भएको तीज विशेष साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति प्राप्त कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

राष्ट्रिय लोक गायक चिज गुरुङ र गायिका बबिता बानियाँ बीचको दोहोरीमा दर्शक झुमेका थिए । यी दुई गायक र गायिका बीच दोहोरीमा घम्साघम्सी नै परेको थियो । त्यसअघि स्थानीय कलाकारहरुले आफ्नो नृत्य देखाएका थिए । थारु समुदायले झाँकी र झम्टा नाच पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

राप्ती नगरपालिकाले मुख्य प्रायोजन गरेको कार्यक्रमको प्रमुख अतिथि राप्ती नगर उप प्रमुख देवेन्द्र लामा रहेका थिए । उनले कार्यक्रममा बोल्दै तीजलाई भड्किलो नबनाउन आग्रह गरे । विभिन्न वडाका वडा अध्यक्ष सहित जनप्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रममा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार