राप्ती, भदौ १२ । लियो क्लब अफ चितवन बीरेन्द्रनगरलेे जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । “नयाँ यात्राको सुरु” विषयमा प्रतियोगिता आयोजना गरिएको थियो । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई समेटिएको प्रतियोगितामा २० वटा स्कुल तथा कलेजका विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा एसओएस हर्मन माइनरकी श्रीया सुवेदी प्रथम भइन् । यस्तै सैनिक आवासीय महाविद्यालयकी बिनु राई द्वितीय, दिवाकार स्मृति विद्यालय माडी का छात्र बिधान पौडेल तृतीय र नारायणी माध्यमिक विद्यालयकी छात्रा अनुस्का शर्मा पौडेल सान्त्वना पुरस्कार पाउन सफल भए ।

विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक नम्रता निउरेले बताइन् । कार्यक्रमले लायन्स ३२५ आर का डिस्ट्रिक गभर्नरको नारा ‘स्टार्ट न्यू जर्नी'( नयाँ यात्रा सुरु) लाई सम्बोधन गरिएको पनि उनले बताइन् ।

राप्ती नगर शिक्षा शाखा प्रमुख शम्भु प्रसाद पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो । विभिन्न वडाका वडा अध्यक्ष, लायन्स र लियोका पदाधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता लियो क्लब अफ चितवन बीरेन्द्रनगरकी अध्यक्ष संगिता अर्यालले गरेकी थिइन् । कार्यक्रममा राप्ती नगरपालिका, सेन्ट्रल कलेज, न्यू क्यापिटल कलेज लगायतको विशेष सहयोग रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार