राप्ती, भदौ १२ । राप्ती नगरपालिका-४ का वडा अध्यक्ष केदार आचार्यले आफ्नो मुख्य एजेन्डा जनताको सेवा भएको बताएका छन् । उनले जनताको प्रतिनिधि भएपछि विभेदरहित तरिकाले जनताको सेवा गर्ने बताए । उनलाई वडा अध्यक्ष हुनुअघि सामाजिक अभियन्ताको रुपले चिनिन्थ्यो । जनप्रतिनिधि भए पनि सामाजिक अभियन्ता भएरै दीनदुखी तथा विपन्नको काम गर्ने उनले बताएका हुन् ।

उनलाई मनकारी वडा अध्यक्षको रुपमा चिनिन्छ । उनले विपन्न वर्ग रोगी तथा दीनदुखीलाई आफ्नो निजी गाडीमै हस्पिटल लैजाने र घर लेराउने गर्दछन् । त्यतिमात्र होइन निशुल्क उपचारको लागि पहल पनि गर्दछन् ।

आज आइतबार राप्ती-४ बस्ने ५९ बर्षीय पदम बहादुर खड्कालाई हस्पिटल लैजानुपर्ने तर उपचार खर्च नभएको आचार्यले खबर पाए । वडा कार्यालयबाट सिफारिस बनाए र आफ्नो गाडी लिएर बिरामीको घरतिर लागे । बिरामीलाई आफैले डोर्याउदैँ गाडीमा चढाएर भरतपुर अस्पतालतिर हुँइकिएँ । त्यहाँ पुगेर इमर्जेन्सीको टिकट काटे । बिरामीलाई निशुल्क औषधी मिल्ने व्यवस्था मिलाए । रगत जाँचको लागि आफैले डोर्याउँदै ल्याबमा लगे । डाक्टरहरुसँग सल्लाह गरे र उनलाई निशुल्क उपचारको लागि पहल गरे ।

बिरामी खड्काको केही समय अघि मात्र २३ बर्षीय छोराको मृत्यु भएको थियो । उनी आफै अहिले पेटको समस्याले ग्रसित छन् । उपचार खर्च नहुँदा भण्डारा अस्पतालमा सामान्य चेकजाँच बाहेक अरु गर्न सकेका थिएनन् ।

आफू वडा अध्यक्ष हुने बित्तिकै आचार्यले स्वास्थ्यलाई प्राथमिकतामा राखेका थिए । उपचारको लागि खर्च नहुनेको लागि स्वास्थ्य आफूले वडाबाट स्वास्थ्य बिमाको कार्य अगाडि बढाएको पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार