राप्ती जेसिजले तीज महिला प्रहरीसँग मनाएको छ । ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत महिला प्रहरीहरुसँग राप्ती जेसिजले तीज विशेष दर खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।

तीज पर्व महिला प्रहरीहरुको लागि पनि विशेष होस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको जेसिजकी अध्यक्ष बिन्दु सिंजाली मगरले बताउनुभयो । कार्यक्रममा एक अर्का बीच शुभकामना आदानप्रदान तथा दर खाइएको पनि उहाँले बताउनुभएको छ ।

राप्ती-७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन राप्ती जेसिजका महासचिव अभियान पाठकले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार