१४ भाद्र २०७९
राप्ती । सुरदेवी युवा क्लव र गड्यौली फुटबल एकाडेमिले आयोजना गरेको 9 SIDED खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा बिरेन्द्रनगर-११ र शिद्धबाबा युवा क्लब अम्लेसगन्ज बिच प्रतिस्पर्धा हुने भएको छ ।

भाद्र १३ गते भएको पहिलो सेमिफाइनल खेलमा बिरेन्द्रनगर -११ (राप्ती-७) ले FC Jhurjhure लाई ६-१ गोल अन्तरले हराएको हो । त्यस्तै सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक र शिद्धबाबा युवा क्लब बिच भएको खेलमा गोल अन्तर बराबरी भएको थियो । भाद्र १४ गते बिहान पेनाल्टी मार्फत शिद्धबाबा युवा क्लबले फाइनल खेलको ढोका खोलेको हो ।

आयोजकका अनुसार प्रतियोगिताको फाईनल खेल भाद्र १५ गते दिउँसो १ बजेबाट सेमाउल पिप्लेको चउरमा हुने भएको छ । फाइनल खेलमा बिजयी हुने समुहले नगद ५१,१११/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय हुनेले ३१,१११/- हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार