नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

काङ्ग्रेसको जिल्ला कार्यसमिति कैलालीका पूर्वसचिवसमेत रहेका न्यौपानेको गए राति उपचारका क्रममा निधन भएको हो ।
 
सभापति देउवाले एक शोक वक्तव्यमार्फत स्व न्यौपानेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। स्व.न्यौपाने क्यान्सर रोगबाट पीडित रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार