राप्ती, भदौ १९ । राप्ती-७ स्थित बीरेन्द्रनगर चोकमा ट्राफिक साइनबोर्ड राखिएको छ । युवा समाजसेवी नगेन्द्र अधिकारीको एकल सहयोगमा ट्राफिक नियम सम्बन्धि साइनबोर्ड राखिएको हो । आज आइतबार एक औपचारिक कार्यक्रम गरेर साइनबोर्ड राख्ने काम गरिएको छ ।

कार्यक्रममा राप्ती-७ की वडा अध्यक्ष सुमिता डल्लाकोटी, राप्ती-८ का वडा अध्यक्ष पूर्ण आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख कुमार गुरुङ लगायतको उपस्थितिमा बोर्ड राख्ने काम भएको हो । पूर्व पश्चिम राजमार्गको छेउमा ट्राफिक चिन्ह अंकित ‘नो पार्किङ’, ‘बस स्टप’ जस्ता बोर्ड राखिएको हो ।

ट्राफिक चिन्ह नभएकोले सडक तथा बजार अस्तव्यस्त भएको र यसलाई व्यवस्थित गर्न सो कार्य गरेको अधिकारीले बताए । “जथाभावी बस रोकिनाले यस ठाउँमा सडक दुर्घटना बढ्दो छ” उनले भने “ट्राफिक नियमको पालना गरे सुरक्षित भइन्छ । यस कार्यमा मलाई सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु ।”

नगेन्द्र अधिकारी पूर्व सशस्त्र प्रहरी हुन् । राप्ती-७ निवासी अधिकारी अहिले समाजसेवामा सक्रिय छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर मातृभूमि विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेका थिए । राप्ती-६ र ७ को सिमानामा अँध्यारो हुँदा हिड्न असहज भएको थियो । उनले त्यहाँ अटोमेटिक बत्ती जडान गरेका थिए । त्यस्तै स्थानीय आमा समूहहरुलाई अधिकारीले साँस्कृतिक सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार