भण्डारा फुटबल क्लबद्वारा आयोजित खुल्ला नकआउट फुटबल प्रतियोगितामा हर्दी युवा समाज र एपीएफ क्लब हर्दी फाइनलमा भिड्ने भएको छ । पेनाल्टी शुटआउटमा आयोजक टीमलाई हराएसँगै युवा समाज र एपीएफ फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको हो ।

आइतबार सेमिफाइनलमा आयोजक भण्डारा फुटबल क्लब र हर्दी युवा समाजको खेल बराबरीमा रोकिएको थियो । प्राविधिक कारणले खेल अघि बढ्न नसकेपछि सोमबार बिहान पेनाल्टी शुटआउटमा हर्दीले बाजि मारेको थियो । यो खेल मैदानमा यस अघि हर्दीले २ पटक ट्रफी उचालिसकेको छ ।

आज मंगलबार फाइनल खेल हुनेछ कस्ले जित्नेछ, त्यो हेर्न बाँकी छ । दुई बलियो टीमको प्रतिस्पर्धा रोमाञ्चक हुने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार