भरतपुर–९ काँडाघारी मा रहेको एपोलो पेन्ट्सको कार्यालय भवन सुरक्षाका लागि खटिएका सुरक्षा गार्डले रकम चोरी गरेको तथ्य खुलेको छ ।

कार्तिक २७ गते लकर फुटाई चोरी भएको उजुरी परेपछि चितवन प्रहरीले अनुसन्धान थालेको थियो । 

एपोलो पेन्टस्मा कार्यरत सुरक्षा गार्ड कालिका–६ का ४० वर्षिक कविराज थापाले चोरी गरेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छन् । चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले खाटमुनि झोलामा ५७ लाख र नजिकैको झाडीमा ४० लाख रुपैयाँ प्लाष्टिकको बोरमा लुकाई राखेको अवस्थामा फेला पारिएको बताउनुभयो ।

उनको साथबाट नगद सहित हेक्सा ब्लेड फ्रेम सहितको थान, फलामको रडबाट बनेको खुर्पी, हेक्सा ब्लेड खुल्ला थान, झोला लगाएत सामग्री बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार