रत्ननगर, २० भदौ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल सोमबार अपरान्ह रत्ननगरका विद्यार्थीहरूमाझ प्रस्तुत भए ।
यहाँको न्यू क्यापिटल कलेज (एनसीसी)मा आएका डाक्टर पौडेलले कक्षा ११ र १२ का विद्यार्थीलाई आफ्ना जीवनकालका अनुभवहरू सुनाए । न्यू क्यापिटल कलेजमा पढ्दै गरेका व्यवस्थापन र विज्ञान संकायका विद्यार्थीलाई डाक्टर पौडेलले आफूले डाक्टर बन्नु अगाडि अध्ययन गरेका विषयका अनुभव र अनुभूति विद्यार्थीलाई सुनाएका हुन् । `हामीले पढेर सकेसम्म मुलुक मै केही गर्ने सोच बनाउनु पर्छ´, डाक्टर पौडेलले भने -`हामीले आफ्नै देशको सेवा गर्नुपर्छ भन्ने सकारात्मक सोच र जोश लिएर काम गर्नुपर्छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने सोच राम्रो हो, विदेशमा गएर अध्ययन गर्दा राम्रो शिक्षा आर्जन गर्न सकिएला तर विदेशमै पलायन हुने कुरा कसैले पनि राख्नुहुँदैन, हामीले मुलुक कै लागि केही गर्नुपर्छ ।´ आम अभिभावकको चाहना पनि आफ्नो सन्तान अध्ययन र रोजगारका लागि विदेश जाओस् भन्ने चाहना गलत भएको बताउँदै डाक्टर पौडेलले भने -`युवा अवस्थामा बिदेश जाने र बुढ्यौलीमा स्वदेश फर्किने परिपाटीले मुलुकलाई घाटा भएको छ ।´ डाक्टर र इन्जिनियर बनेर मुलुक मै केही गर्छु भन्ने सोच राखेर बिदेश पलायन हुने सपना त्याग्न डाक्टर पौडेलले विद्यार्थीलाई अनुरोध पनि गरे ।

कलेजले आयोजना गरेको स्वास्थ्य सचेतना एवम् पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा डाकिएका पौडेलले करिब आधा घण्टा विद्यार्थीलाई स्वास्थ्य र शिक्षाका प्रेरणादायी प्रसङ्ग सुनाएका थिए । कलेजको साप्ताहिक परीक्षामा उत्कृष्ट अंक ल्याएका छात्राहरू सन्ध्या दाहाल, सिमन पौडेल र अन्जली दाहाललाई प्रमुख अतिथि पौडेलको हातबाट पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा डाक्टर पौडेलसँग विज्ञान संकायका विद्यार्थीले छलफल पनि गरेका थिए ।

कलेजका प्राचार्य भुपेन्द्र धितालले विद्यार्थीलाई विदेशको सपना त्यागेर नेपालमै केही गर्छु भन्ने अठोट लिन आग्रह गरे । `बालेन जस्तै लिडर भएर काम गर्ने जोश लिनुपर्छ, हामी विद्यार्थीलाई त्यही किसिमको शिक्षा प्रदान गर्न अभिप्रेरित छौँ´, धितालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार