राप्ती । चितवनको राप्ती-१ स्थित सिमरा युवा समाजले फुटबल प्रतियोगिता गर्ने भएको छ । विजया दशमीको अवसर पारेर यही भदौ २५ गते देखि सिमरा खेल मैदानमा युवा समाजले खुल्ला नकआउट फुटबल प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगितामा टीम दर्ताको अन्तिम मिति यही भदौ २४ गते शुक्रबारसम्म रहेको आयोजकले जनाएको छ । यसका साथै आयोजकले सहभागी हुन चाहने टीमको लागि दर्ता गर्न आह्वान पनि गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै युवा समाजले खेलको बारेमा जानकारी दिएको हो । कार्यक्रममा बोल्दै प्रतियोगिता संयोजक ईश्वरीराज पाण्डेले युवा तथा खेल विकासको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो । महान चाड नजिक आउँदै गर्दा भातृत्व विकासले पनि फुटबल खेल महत्त्वपूर्ण भएको बताउनुभयो । प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सुरेन्द्र प्रसाद पाण्डेले गर्नेले गर्नुहुने पनि उहाँले बताउनुभयो ।

प्रतियोगितामा विजेता हुने टीमले ५५ हजार ५ सय ५५ नगद पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपविजेता हुने टीमले ३५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै उत्कृष्ट खेलाडी र सर्वाधिक गोल स्कोररले ३/३ हजार सहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा चितवन लगायत छिमेकी जिल्लाहरु मकवानपुर र नवलपरासीका टीमहरु सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार