२३ भाद्र २०७९
राप्ती । राप्ती नगरपालिकाको नगर प्रवक्तामा श्याम सुन्दर उप्रेती चयन हुनुभएको छ । नगरको सातौँ नगर कार्यपालिकाको बैठकले राप्ती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेती (राजा) लाई सर्वसम्मत चयन गरेको हो ।

नगर प्रवक्ताको चयनको क्रममा बैठकमा र उप्रेतीको नाम अघि सारिएको हो । कार्यपालिकाका सबै सदस्यबाट उप्रेतीलाई नै नगरपालिकाको प्रवक्ता बनाउने भनि सर्व सम्मत निणर्य भएको हो ।

नगर प्रवक्ताको चयन पश्चात उहाँले नगरबाट हुने हरेक काम कार्वाही तथा बैठकको जानकारी सहज तरिकाले गराउने र नगरका हरेक सुचनालाई नगरबासी सम्म पुर्‍याउन हरदम कोशिस गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार