चितवन । शुक्रबार (भोली) प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आउँने भएका छन्। नेपाली कांग्रेसको मंसिर ४ गते चुनाव लक्षित सुरू भएको ‘जनताको साथमा कांग्रेस अभियान’ को पहिलो चरणको कार्यक्रम समापन गर्न पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवा चितवन आउन लागेको कांग्रेस चितवनले जनाएको छ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा दिउँसो मध्यान्न करिब १२ बजे देउवा आउने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार मंसिर ४ गते हुने दुई तहको निर्वाचनमा जनतालाई कांग्रेस पार्टीको विषयमा बुझाउने उद्देश्य स्वरूप भदौ १० गतेदेखि अभियान थालेको थियो । २४ गते उक्त अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम सुरू गरिने पार्टी सभापति खनालले जानकारी दिए । पहिलो चरणको कार्यक्रममा पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा कार्यसमिति, पालिका कार्यसमिति र वडा सभापतिबीच वृहत् कार्यक्रम गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार