राप्ती । राप्ती-३ स्थित झुरझुरको दाना उद्योगमा आगलागी भएको छ । शुक्रबार राति १:४० बजे राप्तीका व्यवसायी तथा काँग्रेसका नेता किरण वलीको मञ्जुश्री दाना उद्योगमा आगलागी भएको हो । विद्युत शर्ट भएर आगलागी भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

आगलागीबाट दाना बनाउन प्रयोग हुने मेसिन, बिजुलीका सामान, गोदाममा भएका समान जलेर नष्ट भएका छन् । आगलागीबाट करिब १ करोड ५० लाख भन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार