
राप्ती ७ मा जेष्ठ नागरिक स्वास्थ्य आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा जेष्ठ नागरिक समिति राप्ती ७ र सहआयोजक नेत्र ज्योति संघ साथै भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा शिविर गरिएको हो ।
आँखा शिविरको औपचारिक कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले उमेर बढ्दै गएसि आउने आँखाको समस्याहरु समयमानै नजचाए दृष्टि गुमाउनु पर्ने हुँदा समयमानै सचेत रहि बेलाबेलामा आँखाको जाँच गराउन पर्ने बताउनुभयो । साथै सोहि कार्यक्रममा प्रमुख लामाको आँखा जाँच गरिकन शिविरको उद्घाटन गरिएको हो ।
कार्यक्रमकि विशिष्ट अतिथि एवंम् राप्ती नगरपालिका वडा नं. ७ की वडा अध्यक्ष सुमिता डल्लाकोटीले आँखा शिविर समय-समयमा गर्दा आँखाको समस्या हुने तर पैसा नभएर जचाउन समस्या हुनेहरुले लाभ लिन सक्ने भएकोले कार्यक्रम आयोजना गर्ने संस्थालाई धन्यबाद ब्यक्त गर्नुभयो ।
आँखा शिविरमा अधिकांश स्थानिय लगाएत अन्य वडाहरुबाट समेत गरी २१५ जनाले स्वास्थ्य लाभ लिएको कार्यक्रमका सभा अध्यक्ष एवंम सगरमाथा जेष्ठ नागरिक समितिका अध्यक्ष भोलानाथ भुषालले जानकारी दिनुभयो । जसमा २१ जना आँखामा मोतियाबिन्दु भएका बिरामीलाई भरतपुर आँखा अस्पताल रिफर गरिएको र उनीहरुलाई भरतपुर लैजान र ल्याउन अस्पताललेनै गाडिको ब्यबस्था गरेको हो । साथै उनिहरुको आँखाको अपरेशन निशूल्क गरिने आयोजकले जनाएको छ ।
सोहि शिविरमा रक्त परीक्षण तथा मधुमेह परीक्षण समेत भएको थियो । उक्त परीक्षण भने राप्ती ८ मा रहेको गौतम मेडिकल तथा प्याथोलोजिका अविनास कुमार श्रीवास्तव र अंकिता न्यौपानेले गुर्नभएको हो । साथै उक्त शिविरमा भरतपुर आँखा अस्पताल बाट सुवास सापकोटा, भ्यू साईटलाईफ फिल्ड सुपरभाईजर श्रीकृष्ण गौतमको उपस्थिति रहेको थियो ।




कार्यक्रमको उद्घोषण प्रकोप सापकोटाले गुर्नभएको हो भने समापन, कार्यक्रमका सभा अध्यक्ष भुषालको आँखा परीक्षण गरी गरीएको थियो ।