२०७९/भदौ २७, राप्ती ।
राप्ती नगरपालिका वडा-११, थाकलटार , चितवनमा श्री थाकलटार सालघारि सामुदायिक वन उपभोक्त समुह द्वारा हिमालयन लाइफको आर्थिक सहयोगमा अति बिपन्न परिवार को लागि खाध्य सामाग्री सोमबार बितरण गरिएको छ।
थाकलटारमा ५० घर परिवारलाई चामल, नुन, तेल र सोयाबिन बितरण गरिएको छ। सोहि सामुदायिक वन उपभोक्त समुहको अध्यक्ष एरोन मुक्तानले सहयोग गर्ने सस्थालाई धान्यवाद दिदै हिन्दुहरुको माहान चाड दशै नजिकै गर्दा राहत बितरणले समुह भित्रको अति बिपन्न परिवरको लागि मलम बनेको र पल्लो घरको भान्सामा चामलको भात पाक्दा वल्लो घरमा पनि चामलको भात पाक्छ र विशेस गरि साना बालबालिकाहरुलाई खुशि मिल्ने र सामुह भित्रको अति बिपन्न परिवार जो लागुऔशध ओसर पसार गरि जेल परेको परिवार, एकल महिलाको परिवार, जेष्ठ नागरिक परिवारलाई समेटि खाध्यन्न वितरण गरिएको र भाबी दिनहरुमा उपभोक्ताहरुको स्वास्थ लाई मध्यनजर गरि स्वस्थ्य सिबिर पनि सन्चालन गर्ने योजना रहेको पनि बताउनुभयो। त्यस्तै प्रामुख अथितीमा रहनुभएका राप्ति-११ का वडाध्यक्ष बुद्धि बाहादुर तामाङले उक्त समुदायिक वनले बिगतका दिनहरुमा शिक्षा, बाटो, खाने-पानि बिधुत जस्ता काम गरेकोले वडाको बिकाश छिटो भएको र अब वडाले भौतिक पुर्वधार निर्माणमा काम गर्ने र सामुदायिक वनले संरक्षन जन-चेतनामुलक कामहरु गर्नुपर्ने र हरेक कार्यक्रमहरुमा वडाबाट समूहलाई सहयोग हुने बताउनुभयो। कार्यक्रममका विशिष्ट अतिथी हिमलयन लाइफ चितवनको कार्यक्रम निर्देशक लप्सन मिजर, सोही संस्थाको ब्याबस्थापक सेर बाहादुर मोक्तान र भान्डारा मित्र मान्डलीका पास्टर गणेश मोक्तान लगायतले यस्तो कार्यमा सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो। राहत पाएपछि भने स्थानीयहरुको मुहारमा खुशी छाएको थियो।
कार्यक्रममा सामाजिक , शैक्षिक, राजनीतिक ब्यक्तित्व लगायत स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार