राप्ती, भदौ२८ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ राप्ती नगर कमिटीको अध्यक्षमा प्रमोद धरेल चयन भएका छन् । मंगलबार खैरहनीमा भएको पहिलो अधिवेशनबाट अध्यक्षमा धरेल सहित २१ सदस्यीय कमिटी गठन भएको हो ।

यस्तै कमिटीको उपाध्यक्षमा बिजय चौधरी र आशिका गुरुङ, सचिवमा ध्रुव खत्री,सह-सचिवमा बुद्ध लामा र सुजन तामाङ र कोषाध्यक्षमा अनिस लामिछाने चयन भएका छन् । कमिटी गठनसँगै शपथ ग्रहण पनि आजै गरिएको छ ।

एमाले केन्द्रीय सदस्य जेएन थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार