राप्ती, भदौ ३१ । नेकपा (एकीकृत समाजवादी ) निकट नेपाल खेलकुद महासंघ राप्ती नगर कमिटीको अध्यक्षमा प्रबिण खनाल चयन भएका छन् । शुक्रबार नन्दिनी पार्टी प्यालेसमा भएको नगरस्तरीय भेलाबाट अध्यक्षमा खनाल सहित २४ सदस्यीय कमिटी गठन भएको हो ।

कमिटीको ईन्चार्जमा बिबेक लामा चयन भएका छन् । यस्तै उपाध्यक्षमा उमेश लामा, लक्ष्मण चौधरी र आनन्द स्याङ्तान, सचिवमा हरि परियार, सह-सचिवमा तेज तामाङ, दिलजय चौधरी र सन्देश सिलवाल, कोषाध्यक्षमा मनिषा कुमारी चौधरी चयन भएका छन् । कमिटी गठनसँगै शपथ ग्रहण पनि आजै गरिएको छ ।

बागमती प्रदेशको आन्तरिक तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार