गड्यौली भिलेज प्रा.लि ले आयोजना गर्ने भनिएको दोस्रो गड्यौली महोत्सव अन्यौलमा परेको छ । प्रा.लि.ले अशोजको ४ गतेबाट राप्ती नगरपालिका वडा नं. २ को मुख्य सडकको गड्यौली चउरमा गर्ने भनिएको महोत्सव अन्यौलमा परेको हो ।

आयोजक गड्यौली भिलेज प्रा.लि. र व्यवस्थापक नारायणी फेयर एक्जिवेसन नेपाल चितवन रहेको उक्त महोत्सव आज अशोज २ गते हुँदा समेत कुनैपनि तयारी देखिएको छैन । महोत्सव हुनु अघि विभिन्न प्रचारप्रशार, स्टल बनाउने, महोत्सवका लागि गेट निर्माण गर्ने जस्ता कार्यहरु देखिएका छैनन् । यस अघि अघिल्लो प्रथम महोत्सवमा पनि पुर्ण तयारी भने भएको थिएन ।

प्रथम महोत्सवका आयोजक भिलेज प्रा.लि.का अध्यक्ष गणेश लामाले पहिलो महोत्सव ४,१४,०००/- घाटा भएको भन्दै हिसावका कागजपत्र सहित आफ्नो सामाजिक संजालमा पोष्ट गरेका थिए ।

No photo description available.

हाल अशोज ४ गतेबाट हुने भनिएको दोस्रो गड्यौली महोत्सवका अध्यक्ष भने रामेश्वर गौतम हुनुहुन्छ ।

अशोज ४ गते देखि १६ गते सम्म चल्ने भनेर भनिएको उक्त महोत्सव हाल सम्म आईपुग्दा पनि कुनै तयारी नभएको र आयोजक बाट कुनै पनि किसिमको प्रचारप्रशार नगरिएको कारण यस पटकको महोत्सव नहुने पो हो कि भन्ने सबै राप्ती नगरबासीहरुलाई भान भएको छ ।

के कारणले तयारी नगरिएको वा महोत्सव हुने नहुने बारे भने आयोजकबाट कुनै पनि आधिकारीक जानकारी आएको छैन । तर महोत्सव सुरु हुन दुई दिन मात्र रहँदा के महोत्सव होला र भन्ने सबैको जिज्ञासा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार