रोटर्याक्ट क्लब अफ रत्ननगरले पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रथम पुरस्कार १२००० राखिएको प्रतियोगिता आगामी असोज २१ र २२ गते हुदैछ । “रोटर्याक्ट च्याम्पियनसिप पब्जी टुर्नामेन्ट” नाम दिइएको प्रतियोगिताका लागि नाम दर्ताको मिति भाद्र १६ देखि असोज १५ सम्म तोकिएको छ।प्रतियोगितामा भाग लिन दर्ता शुल्क १ हजार लाग्नेछ।

प्रतियोगितामा जो जहाँबाट पनि खेल्न पाइने आयोजक संस्थाका उपाध्यक्ष निशान दाहालले बताउनुभयो। कार्यक्रममा धेरै भन्दा धेरै सत्रु परास्त गर्नेलाई नगद २ हजार पुरस्कार रहेको छ भने द्वितीय र तृतीय लाई क्रमश ७ हजार र ४ हजार प्रदान गरिनेछ।

कार्यक्रमको सहयोगी संस्था हरुमा मठैराज इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन सेवा प्रा.लि. बैतडी, कन्चनपुर र आर्क मन्टेश्वरी प्ले एन्ड प्री स्कुल भरतपुर ७ रहेका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार