राप्ती, असोज ५ । राप्ती-५ स्थित भण्डारा बजारमा पोर्क स्टेसन सञ्चालनमा आएको छ । मुख्यगरि बुँगुरको परिकारलाई विशेष प्राथमिकता दिने हेतुले सा.स.मा. रेस्टुरेन्ट एण्ड पोर्क स्टेसन सञ्चालनमा ल्याएको सञ्चालक फुलमान थिङले बताउनुभयो । पूर्वी चितवनमै बुँगुरका परिकार रुचाउने व्यक्तिहरु धेरै भएको तर स्थान नभएकोले आफूले स्टेसनको रुपमा रेस्टुरेन्ट सञ्चालन गरेको पनि उहाँले बताउनुभएको छ ।

सञ्चालक: फुलमान थिङ

बुधबार विधिवत रुपमा रेस्टुरेन्टको शुभारम्भ गरिएको छ । राप्ती नगरपालिकाका पूर्व उप प्रमुख इमानसिंह लामाले रेस्टुरेन्टको उद्घाटन गर्नुभएको हो । लामाले कार्यक्रममा बोल्दै थिङको यो प्रयासको प्रशंसा गर्नुभएको छ । साथै उहाँले व्यवसायिक सफलताको  शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

‘पोर्क स्टेसन’ सञ्चालक थिङ एक दशक भन्दा बढी रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत रहनुभएको थियो । अहिले उहाँले कन्सल्टेन्सी पनि सञ्चालन गर्नुहुन्छ ।

रेस्टुरेन्टमा बफ, चिकन तथा भेज आइटमका विभिन्न परिकारको स्वाद लिन पनि सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार