राप्ती नगर कार्यपालिका सदस्य,समाजसेवी तथा नेतृ पुस्पा कुवँरले सञ्चारकर्मी लाई भाइटीका लगाएकी छिन्।

उनीले हाम्रो राप्ती एफ एम ८८.५ का सञ्चालक विशाल आले मगरलाई भाइटीकाको शुभ साइतमा टीका लगाएकी हुन्।

रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ भन्ने मान्यता सहित टीका लगाएको कुँवर बताउछिन्। “तिहार सबैले मनाउन पाउनुपर्छ। यो सम्पूर्ण नेपालीहरुको महान् चाड हो। विशालको निधार खाली देख्न सकिनँ, टीका लगाइदिएँ।” भावुक हुँदै उनीले भनिन्।

उनीको हातबाट टीका थाप्न पाउँदा आफू खुशी भएको सञ्चारकर्मी आले बताउछन्। “टीकामा सबैको निधार रङ्गिदा मलाई पनि रहर थियो, उहाँले पूरा गरिदिनु भयो।” उनले भनेँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार